जोडिनुहोस
  • होमपेज
  • रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै

रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ । परिचयपत्र वितरणको काम छिटो सक्ने उद्देश्यले विभिन्न नौ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ ।
रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार सात प्रदेश, प्रवास र समायोजनबाट प्रतिनिधि बनेकाहरूको अलगअलग ठाउँमा वितरण भइरहेको छ । प्रतिनिधिको टुङ्गो लागेपछि स्वचालित प्रणालीबाट परिचयपत्र छपाइ गर्ने भएकाले केही ढिलो भएको स्पष्ट गर्दै महाधिवेशन आयोजक जिल्लाका सभापति खनालले परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ ।
बन्दसत्र भरतपुरको उद्योग सङ्घ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका