जोडिनुहोस
  • होमपेज
  • पत्रकारलाई धरपकड घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन

पत्रकारलाई धरपकड घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारहरुमाथि भएको धरपकडको घटनाको छानविन गरि दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले कुनै ढिलासुस्ती नगरि पत्रकारहरुमाथि भएको धरपकडको घटनाको छानविन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । बैठकले पार्टीको नेतृत्वमा सरकार रहेकोले सरकारले विधि, न्याय, मानव अधिकार र सामाजिक लोकतन्त्रको सम्मान गर्नुपर्ने प्रष्ट पारेको उहाले बताउनुभयो । आगामी दिनमा प्रेस स्वतन्त्रताका घटना, पत्रकार धरपकडका घटना अथवा समाचार लेखेकै भरमा कसैलाई पक्राउ नगर्न समेत सरकारलाई निर्देशन दिएको प्रवक्ता खरेलले बताउनुभयो ।

त्यस्तै बैठकले न्यायलयका क्षेत्रमा आएका बिषयहरुमाथि छलफल गर्दै न्यायपालिकाको पुनःसंरचना र न्याय निरुपणका सन्दर्भमा संसद्मार्फत नै निकास निकाल्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिनुभयो । यसका लागि संसदमार्फत नै आवश्यक प्रक्रिया अघि बढाउन संसदीय दललाई सोहि अनुसार नै निर्देशन दिएको उहाले बताउनुभयो ।

उहाले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अदालत र सरकारबाट मात्र नभई संवैधानिक बाटो संसद भएकाले संसदबाटै न्याय निरूपण र पुनर्संरचनाको विषय उठाइने जनाउनुभयो । विवादमा मुछिएका न्यायधीशलाई महाअभियोग लगाउने तयारीका बारे सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता खरेलले संसदीय दलमार्फत संसदमा प्रवेश गरेपछि मात्रै त्यसको टुंगो लाग्ने जवाफ दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका