जोडिनुहोस
  • होमपेज
  • साफ यू–१९ महिला च्याम्पियनसिप–उपाधिका लागि बंगलादेश र भारतबीच प्रतिष्पर्धा हुने

साफ यू–१९ महिला च्याम्पियनसिप–उपाधिका लागि बंगलादेश र भारतबीच प्रतिष्पर्धा हुने

परशुराम शर्मा, कास्की । पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेश र भारतबीच प्रतिष्पर्धा हुने भएको छ ।

बुधबार पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा भुटानलाई पराजित गर्दै भारत र नेपाललाई पराजित गर्दै बंगलादेश यू–१९ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको हो । बुधबारको पहिलो खेलमा भारतले भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो । भारतकी पर्ल फर्नान्डेजले खेलमा ह्याट्रिक गर्न सफल भइन् । उनले खेलको छैटौँ, ३९औँ र ४१औँ मिनेटमा गोल गरेकी थिइन् । त्यसैगरी प्रतिका बर्मनले २५औँ र ९०औँ मिनेटमा गोल गरिन् । एलिशा लिङदोज, एविस्था र दिव्यानी लिन्डाले समान एक÷एक गोल गरेका छन् ।
त्यस्तै बुधबार नै भएको लिग चरणको अर्को खेलमा बंगलादेशसँग ४–० गोल अन्तरले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो ।

बंगलादेश प्रतियोगितामा अपराजित रहदै फाइनलमा पुगेको हो भने भारत ३ खेलमा २ जित र एक हारसहित फाइनलमा पुगेको हो । अब बंगलादेश र भारतबीचको फाइनल खेल आगामी शनिबार हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका