जोडिनुहोस
  • होमपेज
  • ‘मिसेस नेपाल वर्ल्ड २०२६’को आवेदन खुला

‘मिसेस नेपाल वर्ल्ड २०२६’को आवेदन खुला

ललितपुुर । ‘मिसेस नेपाल वल्र्ड २०२६’को आवेदन खुला भएको छ ।
बुधबार आयोजक रिबन इन्टरटेनमेन्टले ललितपुरमा पत्रकार सम्मेलन गर्दै मिसेस नेपाल वल्र्ड २०२६का लागि विधिवत् रूपमा आवेदन फारम खुला भएको जनाएको हो । पहिलो चरणको अडिसन साउन २३ गते हुने र त्यहाँ छनोट हुनेलाई फिनालेसम्मको यात्रा तय गराइने भएको छ । ग्रान्ड फिनाले कार्तिक १४ गते आयोजना हुने रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुन उचाइ र तौलको मापदण्ड नरहेको र विवाहित मात्र नभई सम्बन्धविच्छेद तथा एकल महिलाले पनि आवेदन दिन सक्ने उहाले बताउनुभयो ।

आवेदन फारम खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने उहाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका