जोडिनुहोस
  • होमपेज
  • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार गरेको छ । प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् पुर्याएको हो ।

कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्मको १३२ केभी प्रसारण लाइन तथा बुर्तिवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनमार्फत ढोरपाटन क्षेत्रमा विद्युत आपूर्ति सुरु गरिएको हो ।

बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिवाङ फिडर बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ । फिडर सञ्चालनमा आएसँगै वोवाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा वितरण ट्रान्सफर्मर चार्ज भएका छन् । यससँगै उक्त क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन् । यसअघि त्यस क्षेत्रका उपभोक्ताबाट स्थानीय लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रयोग हुँदै आएको थियो ।

राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेपछि ढोरपाटन उपत्यका तथा आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुनुका साथै विद्युत् आपूर्तिको गुणस्तर, विश्वसनीयता र नियमिततामा सुधार आउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय ग्रिडमा आबद्ध भएसँगै स्थानीय बासिन्दा, पर्यटन व्यवसाय तथा समग्र क्षेत्रको सामाजिक–आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास प्राधिकरणले लिएको छ ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले अब उक्त क्षेत्रका उपभोक्ताले विद्युत जडानका लागि जुनसुकै समयमा पनि बुर्तिवाङ नो लाइटमार्फत आवेदन फाराम भरी सेवा लिन सक्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका