जोडिनुहोस
  • होमपेज
  • विश्व खाद्य कार्यक्रमद्वारा सन् २०२६ मा खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी जारी

विश्व खाद्य कार्यक्रमद्वारा सन् २०२६ मा खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी जारी

रोम । संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक सिन्डी म्याककेनले सन् २०२६ मा विश्वव्यापी भोकमरीको सङ्कट बढ्ने चेतावनी दिँदै ३१ करोड ८० लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको गम्भीर समस्याको सामना गरिरहेको बताउकी छिन् ।

युएन न्यूज सेन्टरका अनुसार म्याककेनले बढ्दो खाद्य सङ्कटलाई समाधान गर्न “द्रुत, रणनीतिक र निर्णायक कार्य“ आवश्यक रहेको उल्लेख गर्दै डब्लुएफपीले मात्र भोकमरी अन्त्य गर्न नसक्ने बताएकी छिन् ।

संयुक्त राष्ट्रसंघका अधिकारीले मानव निर्मित अनिकाल अन्त्य गर्न, मानवीय कोष बढाउन र विश्वभर बढ्दो भोकमरीको केन्द्रमा रहेको द्वन्द्वलाई सम्बोधन गर्न तत्काल कदम चाल्न विश्वका नेताहरूलाई आह्वान गरेका छन् । “नयाँ वर्षको सुरुवाती दुई हप्तामै विश्वले खतरनाक र विश्वव्यापी भोक सङ्कटको जोखिमको सामना गरिरहेको उनीहरुले बताएका छन् ।

डब्लुएफपीको संकल्प अडिग रहेको उल्लेख गर्दै म्याककेनले आफ्नो अस्तित्वका लागि डब्लुएफपी माथी निर्भर रहनेहरूसम्म पुग्न आवश्यक समर्थन र स्रोत जुटाउन हर सम्भव प्रयास गर्ने बताएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका