जोडिनुहोस
मङ्लबार, कार्तिक १८, २०८३
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • पत्रकार धरपकड लगायतका सबै विवादित सरकारी गतिविधिको संसदीय छानविन गर्न कांग्रेसको माग

पत्रकार धरपकड लगायतका सबै विवादित सरकारी गतिविधिको संसदीय छानविन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पत्रकार धरपकड लगायतका सबै विवादित सरकारी गतिविधिको छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकड लगायतका सबै विवादित सरकारी गतिविधिहरूको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्नका लागि संसदीय विशेष समिति गठनको माग गरेको हो ।

बैठकले निर्वाचनबाट प्राप्त जनआदेश अनुसार शासन सञ्चालन हुनुपर्ने र संविधान तथा कानुनभन्दा माथि उठ्न नहुनेमा जोड दिइएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जानकारी दिनुभयो । पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको उहाले बताउनुभयो । पत्रकार पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति विना समाचार कक्षबाटै प्रहरी परिचालन गरी पत्रकारहरूलाई पक्राउ गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब तथा विधिको शासनको विपरीत र स्वेच्छाचारी कदम भएको आङदेम्बेले उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्ने, सरकारको काम कानुनको उचित प्रक्रिया अनुसार हुनुपर्ने र न्याय सम्पादन गर्ने ढङ्गहरू विवादित हुन नहुने धारणा राख्नुभयो । सवै विषयहरूलाई संसद मार्फत निष्कर्षमा पु¥याउन र उच्चस्तरीय छानबिन संसदीय समिति गठन गर्नका लागि विपक्षी दलहरूको बैठकमा थप छलफल भइ आवश्यक निष्कर्ष निकालिने आङदेम्बेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका