जोडिनुहोस
  • होमपेज
  • भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा

भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आज बिहान यहाँ आइपुग्नु भएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउनुभएको हो । भ्रमणका क्रममा परराष्ट्र सचिव राईले विदेश सचिव मिश्रीसँग द्विपक्षीय छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा र आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् । यसले दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने छ ।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी भोलि कात्तिक १९ गते नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?