जोडिनुहोस

हालको खबर

  • होमपेज
  • देउवा पक्षमा सक्रिय हुने नेता तथा जनप्रतिनिधिलाई कारवाही गर्ने गगन थापाको चेतावनी

देउवा पक्षमा सक्रिय हुने नेता तथा जनप्रतिनिधिलाई कारवाही गर्ने गगन थापाको चेतावनी

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले वर्तमान सरकारले अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति देखाएको भन्दै त्यसको विरोधमा कांग्रेस चुप लागेर नबस्ने चेतावनी समेत दिनुभयो । उहाले आफ्नो अनुकुल अध्यादेश ल्याउने र काम पुरा भएपछि प्रतिष्थापन विधेयक नल्याइ अध्यादेश निष्कृय बनाउने प्रवृत्ति स्थापित गर्न खोजिएको धारणा राख्नुभयो ।

सभापति थापाले निर्वाचनबाट प्राप्त म्यान्डेटको सम्मान गर्दै पाँच वर्ष सरकार सञ्चालन गर्ने जिम्मेवारी रास्वपाको रहकाले सहकार्य र खबरदारीको नीति पार्टीले लिएको उल्लेख गर्नुभयो । उहाले कानुनबमोजिम हुने कुनै पनि छानबिन वा अनुसन्धानलाई अवरोध नगरिने तर राजनीतिक प्रतिद्वन्द्वीलाई निस्तेज पार्न वा दबाब दिन राज्यका संयन्त्र दुरुपयोग गरिएमा त्यसको कडा प्रतिवाद गर्ने स्पष्ट पार्नुभयो ।

पार्टीको आन्तरिक बिषयमा सभापति थापाले अहिले पनि असन्तुष्ट नेताहरुलाई पार्टीको ढोका खुल्लै रहेको बताउनुभयो । तर पार्टीको विधानअनुसार अन्य दलमा संलग्न हुने व्यक्तिको सदस्यता स्वतः कायम नरहने उहाले बताउनुभयो । सभापति थापाले पार्टीबाट बिजयी भएका जनप्रतिनिधिहरुले विधान बिपरितको कार्य गरे पदबाट हटाउने चेतावनी समेत दिनुभयो ।

उहाले निवर्तमान सभापति शेरबहादुर देउवाको योगदानको कदर गर्दै पार्टीभित्र नेतृत्व, पदाधिकारी र कार्यकर्ताको मर्यादा कायम राख्नुपर्ने तथा दलहरूबीच स्वस्थ राजनीतिक संवाद आवश्यक रहेको बताउनुभयो । साथै सभापति थापाले देशभरका ७५३ वटै पालिकामा १५ दिने अभियान सञ्चालन गरी स्थानीय आवश्यकताअनुसार सामाजिक परियोजनाहरू अघि बढाइने जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका