जोडिनुहोस
  • होमपेज
  • स्थानीय तहको चूनावमा एमाले पहिलो पार्टी बन्छ–महेश बस्नेत

स्थानीय तहको चूनावमा एमाले पहिलो पार्टी बन्छ–महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जनभावना र जनताको अपेक्षाअनुसार काम नगरे सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

सोमबार सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले सरकारलाई सच्याएर सही बाटोमा हिँडाउन आफूहरू प्रयत्नशील रहने बताउनुभयो । सरकारले सुधारको बाटो नसमाते जनताले सरकारको विकल्प खोज्ने उहाको भनााइ छ । आन्दोलनका लागि बिचार मिल्नेहरुसंग कार्यगत एकता गरेर अघि बढ्ने भन्दै उहाले पछि कम्युनिष्टहरुबीच एकतासम्म गर्नेगरि तयारी गर्ने धारणा राख्नुभयो ।

बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी समेत गर्नुभयो ।

उहाले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आन्तरिक अन्तर्विरोध चर्कँदै गएको दाबी गर्दै आगामी दिनमा अनपेक्षित राजनीतिक घटनाक्रम विकसित हुन सक्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका