
काठमाडौं । अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपाल आएको छ । वि।सं। २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा पुगेको हो । मङ्सिर ०९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाको तर्फबाट ज्वालादल गण सहभागी हुने नेपाली सेनाले जनाएको छ ।








































