जोडिनुहोस
  • होमपेज
  • मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई पदबाट हटाउदै केसीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी सल्लाह, सुझाव र परामर्श दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ’प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गर्ने निर्णय गर्दै उक्त विशेष सुरक्षा सल्लाहकार पदमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाउने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । उहाले दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकार पदमा खटिई रिक्त हुने प्रहरी महानिरीक्षक पदमा प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम कार्तिक १८ गतेदेखि लागू हुने गरी बढुवा गर्ने निर्णय गरिएको बताउनुभयो । उहाले कार्कीलाई कुनै कारवाही गरिएको नभइ जिम्मेवारीमा फेरबदल मात्र गरिएको उल्लेख गर्नुभयो ।
प्रवक्ता पोखरेलले अहिलेको बदलिँदो परिस्थितिमा पार्टीबाट पनि संवेदनशील विषयमा सरकारले केही गर्नु पर्यो भन्ने निर्देशन आएकाले पनि जिम्मेवारी फेरबदल गरिएको तर्क गर्नुभयो । उहाले दानबहादुर कार्कीलाई प्रधानमन्त्रीलाई शान्ति सुरक्षा सम्बन्धी सल्लाह दिने संवेदनशील जिम्मेवारी दिइएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका