जोडिनुहोस

हालको खबर

  • होमपेज
  • सरकारले व्यापक रोजगारीको अवसर सृजना हुनेगरी तत्काल ठोस कदम चाल्नुपर्दछः धर्मेन्द्र बास्तोला

सरकारले व्यापक रोजगारीको अवसर सृजना हुनेगरी तत्काल ठोस कदम चाल्नुपर्दछः धर्मेन्द्र बास्तोला

काठमाडौं । धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुुमत) ले देशमा व्यापक रोजगारीको अवसर सृजना हुने गरी तत्काल ठोस कदम चाल्न सरकारलाई दवाव दिएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त पार्टीका संयोजक बास्तोलाले सबै नागरिकले रोजगारी पाउनुपर्ने संवैधानिक व्यवस्था लागू हुने गरी काम गर्न सरकारसँग माग गर्नु भएको हो । उहाँले माध्यामिक तहसम्मको शिक्षा निःशुल्क, नागरिकलाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क हुुनुपर्ने र प्रत्येक नागरिकलाई रोजगारीको हकको व्यवस्था संविधानको मौलिक हकमा नै भएकाले त्यसको तत्काल कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराउनुभयो । संयोजक बास्तोलाले संविधानले सुनिश्चित गरेका नागरिकको हक, अधिकारलाई निजीकरण र व्यापारीकरण गरिएको भन्दै सरकारको आलोचना समेत गर्नु भयो ।

संयोजक बास्तोलाले भन्नुभयो, नेपालको संविधानमा प्रत्येक नागरिकलाई माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने व्यवस्था, प्रत्येक नागरिकले आधारभूत स्वास्थ्य उपचार निःशुल्क पाउने तथा प्रत्येक नागरिकलाई रोजगारीको हक तत्काल कार्यान्वयन हुनुपर्ने व्यवस्था तत्काल कार्यान्वयन गर्न भनिएको छ । समाजवाद उन्मु्ख हुने गरी संविधान लागु गर्न र व्यापक रोजगारीको सृजना हुने गरी देशमा औद्योगिकरण गर्न जेन्जी जनविद्रोहको जगमा बनेको सरकारसँग जोडदार माग गर्दछ ।

त्यसैगरी उक्त पार्टीले नेपालमा नयाँ जनविद्रोहबाट मात्रै श्रमजीवि जनताको हितमा काम गर्न सकिने निष्कर्ष निकाल्दै त्यसको तयारी जुटने जिकिर पनि गरेको छ । संयोजक बास्तोलाले सत्ता दलाल पूँजीवादी भएकाले देशका श्रमजीवि जनताको पक्षमा काम गर्न नयाँ बैज्ञानिक समाजवादी क्रान्ति गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका