
ललितपुर । डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचेको कृति ‘दीप’ सार्वजनिक भएको छ ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच शिक्षाको ज्योति फैलाउने उद्देश्यसहित रानाक रिम्पोचेको दीप , बालौ शिक्षाको ज्योति कृति लोकार्पण गरिएको हो । हिमालको काखमा अँध्यारो चिर्दै उज्यालो छर्ने र अक्षरहरूको माध्यमबाट चेतनाको दियो बाल्ने उद्देश्यले पुस्तक तयार पारेको डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे बताउनुभयो । समाज धेरै गरिब र कठिन परिस्थितिमा भए पनि बालबालिकाले पढ्नुपर्छ भन्ने भावनाले आफूले करिब ३० वर्षदेखि विद्यार्थीको शिक्षा र भविष्यमा जीवन समर्पण गरेको उहाले बतामउनुभयो । उहाले आफूबाट पढेका विद्यार्थीहरूले गाउँघरमै तीन–चारवटा विद्यालय सञ्चालन गरिरहेको, गाउँमै फर्किएर काम गरिरहेको र बर्सेनि धेरै विद्यार्थी छात्रवृत्तिमा विदेश पनि गइरहेको देख्दा निकै खुसी लागेको धारणा राख्नुभयो ।
अक्षर र ज्ञानको उज्यालो फैलाउने अभियानलाई पुस्तकमार्फत अघि बढाउने लेखक रिन्पोछेले उल्लेख गर्नुभयो ।








































