जोडिनुहोस
  • होमपेज
  • ‘अधिकांश ठाउँमा नेकपाको नतिजा राम्रो आउँछ’–प्रचण्ड

‘अधिकांश ठाउँमा नेकपाको नतिजा राम्रो आउँछ’–प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नजिता राम्रो आउने बताउनुभएको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाडामा बामबुद्धिजीविहरूसँग छलफल गर्दै प्रचण्डले अहिलेको स्थीति हेर्दास्वच्छ निष्पक्ष चुनाव भए केहि स्थानमा बाहेक अधिकांश स्थानमा नेकपाको नजिता राम्रो आउने बताउनुभएको हो । उहाले अहिले चूनावका लागि नेकपाको जस्तो सक्रियता अरु कसैको नदेखिएको जिकिर गर्नुभयो ।

मुलुकको परिवर्तनको बाहक आफुहरु नै भएकाले हिजोका सहयात्रीहरुसंग मिलेर वैदेशिक दलालहरूका विरुद्ध लाग्नुपर्ने जिम्मेवारी पनि नेकपाकै रहेको उहाले बताउनुभयो ।
प्रचण्डले निर्वाचनका क्रममा कसैलाई गाली गलौज गर्नुभन्दा राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र संकटबाट देशलाई बचाउने कुरा गरिरहेको धारणा राख्नुभयो ।
उहाले निर्वाचनका लागि स्वच्छ वातावरण बनाउनका लागि बुद्धिजीवीहरूको भूमिका समेत निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका