जोडिनुहोस
  • होमपेज
  • कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कमला पन्त

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कमला पन्त

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेता फेरेको छ । कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई दलको नेता बनाएको हो ।
प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर पन्तलाई दल नेता मनोनीत गर्नुभएको हो ।
कांग्रेसको संसदीय दलको उपनेतामा अभिषेकप्रताप शाह मनोनीत गरिएको छ भने दलको प्रमुख सचेतकमा बासना थापा, सचेतकमा निश्कल राईलाई मनोनीत गरिएको छ ।

राष्ट्रियसभा संसदीय दलको नेतामा कमला पन्तलाई मनोनीत गरिएको कांग्रेस संसदीय दलले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका