जोडिनुहोस
  • होमपेज
  • सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सरकार गम्भीर नदेखिएको भन्दै सांसदहरुको आपत्ति

सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सरकार गम्भीर नदेखिएको भन्दै सांसदहरुको  आपत्ति

काठमाडौं । सांसदहरुले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सरकार गम्भीर नदेखिएको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले कप्तानगञ्जमा भएको घटनामा प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको भन्दै आपत्ति जनाएका हुन् ।
बैठकमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद गोपाल शर्माले सरकारले सुनसरी घटनाको जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उहाले मुलकुमा दुखद घटना घट्दा पनि राज्य अभिभावको जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाउनुभयो । उक्त घटनाका बिषयमा सरकारले तत्काल सदनमा जानकारी गराउन उहाले माग गर्नुभयो ।

त्यस्तै श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले मुलुकमा संकट आउदा सरकारको भूमिका प्रभावकारी नदेखिएको बताउनुभयो । दूरबिन लगाएर हेरेर देश ठिक छ भनेर भन्न नपाइने भन्दै उहाले सरकार अन्धकारबाट निस्किनुपर्ने धारणा राख्नुभयो । उहाले सरकार बेखबर भयो भन्दैमा अरु मुर्ख हुन नहुने उल्लेख गर्दै सबै नेपाली संयमित भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

त्यस्तै राप्रपा प्रमुख सचेतक खुस्वु ओलीले कप्तानगञ्जमा भएको घटनाको छानविन गर्न माग गर्नुभयो । प्रधानमन्त्रीले फेसबुकमार्फत गोली प्रहरीबाट चलेको स्वीकार गरेको भन्दै उहाले कसको आदेशबाट गोली चलेको हो भन्दै प्रश्न गर्नुभयो । उहाले अनुमान, अफवाह वा औपचारिक वक्तव्यमा सीमित नरही घटनाको गहिराइसम्म पुगेर निष्पक्ष र विश्वसनीय छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै अन्य सांसदहरुले पनि सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका