जोडिनुहोस
शुक्रबार, कार्तिक १४, २०८३
शुक्रबार, कार्तिक १४, २०८३
  • होमपेज
  • सैनिक हवाई सेवाको दुई लाखभन्दा बढी उडान घण्टा पूरा गरेको उपलक्ष्यमा शिलालेख अनावरण

सैनिक हवाई सेवाको दुई लाखभन्दा बढी उडान घण्टा पूरा गरेको उपलक्ष्यमा शिलालेख अनावरण

काठमाडौं । सैनिक हवाई सेवाको दुई लाखभन्दा बढी उडान घण्टा पूरा गरेको उपलक्ष्यमा शिलालेख अनावरण गरिएको छ । प्रधान सेनापति अशोक राज सिग्देलले गौचर व्यारेकमा निर्माण गरिएको शिलालेख अनावरण गर्नुभएको छ। उक्त समारोहमा “सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म” नामक पुस्तक समेत विमोचन गरिएको थियो।
वि।सं। २०२२ सालमा स्थापना भएको सैनिक हवाई सेवाले विपद् व्यवस्थापन, विभिन्न उद्धारलगायत कठिन परिस्थितिमा समेत हवाई साधनमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। कार्यक्रममा बलाधिकृत, रथीवृन्द, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी लगायत हवाई सेवामा सेवारत तथा अवकाश प्राप्त रथिवृन्द र अधिकृतहरूको उपस्थिति रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका