जोडिनुहोस
  • होमपेज
  • ‘केपी ओलीको गलत कार्यशैलीका कारण एमालेभित्र विद्रोह गर्नेको संख्या बढ्दै गएको छ’–प्रचण्ड

‘केपी ओलीको गलत कार्यशैलीका कारण एमालेभित्र विद्रोह गर्नेको संख्या बढ्दै गएको छ’–प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पाटी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्वपूर्ण हुनेवाला रहेको बताउनुभएको छ ।
मंगलबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकताहरुलाई पार्टी प्रवेश गराउदै प्रचण्डले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेकाले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्वपूर्ण हुनेवाला रहेको बताउनुभएको हो । निर्वाचन आउन केहि दिनमात्रै बाँकी रहेको अवस्थाका सवै नेता तथा कार्यकर्ताले अझ धेरै मेहनत गरे नेकपा एक नंवरको पार्टी हुने उहाले बताउनुभयो । प्रचण्डले नेकपा गठन भएपछि धुव्रिकरणको नयाँ माहोल बनेको भन्दै फेरी सबै वामपन्थी कम्युनिस्ट एकै ठाउँमा हुने धारणा राख्नुभयो । उहाले एमालेमा केपी ओलीको कार्यशैलीप्रति निकै विरोध रहेकाले एमालेकै नेता तथा कार्यकताले फेरी एकताको झण्डा उठाउन सहयोग गर्ने उल्लेख गर्नुभयो ।
देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिष्टहरु एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका