जोडिनुहोस
  • होमपेज
  • डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित जोखिमप्रति सचेतना फैलाउन युवाको पहल

डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित जोखिमप्रति सचेतना फैलाउन युवाको पहल

काठमाडौं । अनलाईन माध्यमबाट हुने ठगीलाई रोक्न कडा कानून बनाउनुपर्ने र तथ्यमा आधारित अनुसन्धान गर्नुपर्ने भन्दै एक युवाले काठमाडौंको भोटाहिटीस्थीत साइबर ब्यूरो अगाडी प्लेकार्ड प्रदर्शन गरेका छन् ।

पछिल्ला केही समययता सामाजिक सञ्जालमा शंकास्पद अनलाइन आम्दानी तथा लगानीसम्बन्धी सामग्री आक्रामक रूपमा प्रचार भइरहेको र यसबाट हुने सम्भावित जोखिमप्रति सचेतना बढाउन र डिजिटल माध्यमबाट हुने ठगीलाई रोक्न कडा कानून बनाउनुपर्ने भन्दै नागरिक अभियन्ता आरब्ध तिमिल्सिनाले सोमबार साइबर ब्यूरो अगाडी प्लेकार्ड प्रदर्शन गर्नुभएको हो ।
उहाले “आज म एक्लै उभिएको छु, ताकि भोलि अर्को नेपाली एक्लै रुन नपरोस्।“ लेखिएको प्लेकार्ड प्रदर्शन गर्नुभएको थियो । उहाले आफ्नो उद्देश्य कुनै व्यक्ति वा संस्थालाई अनुसन्धान र कानुनी प्रक्रियाविना दोषी ठहर गर्नु नभइ सम्भावित जोखिमप्रति सचेतना बढाउनु, तथ्यमा आधारित अनुसन्धान र नागरिक सुरक्षाको पक्षमा आवाज उठाउनु भएको बताउनुभयो ।

नागरिक अभियन्ता तिमिल्सिनाले अनलाईन ठगीलाई निरुत्साहित गर्न साइबर कानून बलियो हुनुपर्ने समेत उल्लेख गर्नुभयो । त्यस्तै अनलाईन ठगीबाट बच्न स्वयं नागरिकहरु पनि सचेत हुनुपर्ने उहाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका