जोडिनुहोस
  • होमपेज
  • कार्कीलाई आईजीपीमा फर्काउने मागमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

कार्कीलाई आईजीपीमा फर्काउने मागमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भएको छलफलपछि कार्कीलाई आईजीपीमा फर्काउनुपर्ने मागमा अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो । सर्वोच्चले अन्तिम फैसलामा विचार हुने विषय रहेको बताउँदै तत्कालका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग सम्बन्धित विषयको महत्त्व, गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गर्दै रिटको छिटो सुनुवाइ गर्नुपर्ने जनाएको छ ।
विपक्षीहरूबाट लिखित जवाफ परेपछि वा त्यसका लागि तोकिएको अवधि सकिएपछि सात दिनभित्रै पेसीमा चढाउन र पेसी नहटाउने पूर्वसूचना दुवै पक्षलाई दिन पनि आदेश भएको छ ।
सरकारले कात्तिक १८ गते दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआईजी डा. मनोजकुमार केसीलाई आईजीपीमा बढुवा गरेको थियो ।आफूलाई गैरकानुनी रूपमा आफूलाई पदमुक्त गरेको दाबी गर्दै कार्कीले निर्णय बदर गरी आईजीपीमा पुनर्बहालीको मागसहित कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?