जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षीको अडान, प्रतिनिधि सभा बैठक बिहीबार बस्नेगरि स्थगित

प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षीको अडान, प्रतिनिधि सभा बैठक बिहीबार बस्नेगरि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाहको उपस्थीतिको माग गर्दै बिपक्षी दलहरु निरन्तर विरोध जनाएपछि संसद बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।

पटक–पटक स्थगित हुँदै बुधबार तेश्रो पटक बसेको संसद बैठकमा पनि बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
बिपक्षीको अवरोधपनि सभामुख डोल प्रसाद अर्यालले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिनुभयो । उहाले सरकारको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र जवाफ दिनका लागि बैंशाख ३१ गतेको दिन तोक्दै बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक बैंशाख ३१ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका