जोडिनुहोस
  • होमपेज
  • मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु चार सय र चाँदी रु ७० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ३३५ निर्धारण भएको छ ।

हिजो सोमवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २६५ निर्धारण भएको थियो । गत आइतबार एक तोला सुन रु तीन लाख नौ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २७० मा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका