
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदबहाली गर्नुभएको छ ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गर्नुभएको हो ।
पदबहालीका लागि संसद सचिवालयमा पुग्दा सभामुख अर्याललाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायतका कर्मचारीहरुले स्वागत गरेका थिए । पद बहालीपछि नवनिर्वाचित सभामुख अर्यालले सभामुखको काम कर्तव्य अधिकार तटस्थ रहनुपर्ने निष्पक्ष हुनुपर्ने आफुले राम्रोसंग बुझेको भन्दै त्यसैअनुसार काम गर्ने बताउनुभयो ।
उहाले यसपटकको बलियो प्रतिपक्ष भनेको नै जनता भएकाले जनताका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने धारणा राख्नुभयो । त्यस्तै उहाले सदन भनेको विशेषतँ प्रतिपक्षेकै हुनुपर्छ भन्ने आफुले राम्रो संग बुझेको समेत उल्लेख गर्नुभयो ।
सभामुख अर्यालले कानून बनाउने कुरामा अग्रसर भएर लाग्ने समेत बताउनुभयो ।








































