जोडिनुहोस
  • होमपेज
  • केपी शर्मा ओली र रमेश लेखक प्रहरी हिरातमुक्त, ओली केहिदिन अस्पतालमा नै रहने

केपी शर्मा ओली र रमेश लेखक प्रहरी हिरातमुक्त, ओली केहिदिन अस्पतालमा नै रहने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले रिहा गरेको छ। जेन्जी आन्दोलनमा बल प्रयोग गरेको भन्दै गौरी बहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्नेक्रममा पक्राउ परेका दुवै नेतालाई अनुसन्धान प्रक्रिया जारी रहने सर्तमा नियन्त्रणमुक्त गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार पूर्वप्रधानमन्त्री ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको छ भने लेखकलाइ उहाँकी धर्मपत्नी यशोदा लेखकको जिम्मा लगाइएको छ । पूर्वप्रधानमन्त्री ओली जटिल स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । अब उहाँको स्वास्थ्य अवस्थाका आधारमा थप निर्णय चिकित्सकले गर्ने जनाइएको छ।

ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरिएको थियो। त्यसपछि उहाँकी पत्नी राधिका शाक्यले गैरकानूनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गर्नुभएको तियो । अदालतले चैत २६ भित्र अनसन्धान टुंग्याउन आदेश दिँदै नसकिए शर्तसहित रिहा गर्न निर्देशन दिएको थियो।

यसैबीच, पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेको १३औँ दिनमा रिहा भएका छन्। उनलाई नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाइएको हो।

प्रहरीका अनुसार लेखकलाई आवश्यक पर्दा अनुसन्धानमा उपस्थित हुने सर्तमा हिरासतबाट मुक्त गरिएको हो। भदौ २३ र २४ गतेका घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि उनलाई भक्तपुरबाट पक्राउ गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका