जोडिनुहोस
  • होमपेज
  • मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण–ईश्वर पोखरेल

मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण–ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताउनुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहनुभएका पोखरेलले सोमबार हाँडीगाउमा घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै मुलुक असामान्य अवस्थामा रहेका बेला लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताउनुभएको हो ।
पोखरेलले देश बनाउने सही पार्टी एमाले मात्रै भएको उल्लेख गर्नुभयो । निर्वाचन क्षेत्रका मतदाता, पार्टी कमिटी लगाएको आवश्यकताका आधारमा आफ्नो उम्मेदवार रहेको भन्दै पोखरेलले जनताका समस्याहरु र यसअघि गरेका धेरै योजनाहरुलाई कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयो ।
आफुले गरेका कामका बारेमा मतदाता जानकार रहेकाले जनताले आफुलाई मत दिएर बिजयी गराउने उहाको दावी छ ।
काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेबाट पोखरेलका साथै कांग्रेसबाट प्रदीप पौडेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा, रास्वपाबाट सस्मित पोखरेल लगाएतका उम्मेदवार रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका