जोडिनुहोस
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३

हालको खबर

  • होमपेज
  • सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं । सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने भएको छ ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोप ३१ मा नेपाल र भुटानले संयुक्त रुपमा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने जानकारी दिनुभएको हो । यसले जलवायु न्यायको लडाइँमा पर्वतको आवाजलाई अझ बलियो बनाउने उहाले बताउनुभयो ।
मन्त्री चौधरीले हिमाल जोगाउनु नेपाल वा भुटानको मात्र नभई तल्लो तटीय क्षेत्रका अर्बौँ मानिसहरूको जीवन जोगाउनु भएको उल्लेख गर्नुभयो ।
उहाले नेपालले कोप ३१ का लागि समावेशी र सबै सरोकारवालाहरूलाई समेटेर ’कन्ट्री पोजिसन पेपर’ तयार पारेको र भोटेकोसीलगायत जलवायु परिवर्तनका असर, सफलता र असफलताका अनुभवहरू प्रदर्शन गर्न नेपालले आफ्नै पेभेलियन राख्ने जानकारी दिनुभयो ।
मन्त्री चौधरीले जलवायु परिवर्तन कुनै एक मन्त्रालय वा एक तहको विषय नभई संघ, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्ने उल्लेख गर्दै जलवायु अनुकूलन सिंहदरबारबाट मात्र नभई वडा र समुदायबाट सुरु हुनुपर्नेमा जोड दिनुभयो ।
कोपमा नेपालको अडान जलवायु न्याय, पर्वतीय एजेन्डा, अनुकूलन, वित्तमा सहज पहुँच र हानि–नोक्सानी कोषको प्रभावकारी परिचालनमा स्पष्ट रहेको उहाको भनाइ छ ।
उहाले ऐतिहासिक रूपमा बढी उत्सर्जन गर्ने र क्षमता भएका राष्ट्रहरूले क्षमताअनुसारको जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?