जोडिनुहोस
  • होमपेज
  • मैले गाडी अगाडि बढाइसके, अब रोकिँदैन– गगन थापा

मैले गाडी अगाडि बढाइसके, अब रोकिँदैन– गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी भाद्रमा पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कार्यतालिकासहित भाद्र २४, २५ र २६ गते पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएको हो । सभापति थापाले प्रस्तुत गर्नुभएको कार्यतालिकामा वैशाख १ देखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने, असार १५ गते केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्ने र असार मसान्तमा क्रियाशील सदस्यता वितरण निर्वाचन समितिलाई बुझाउने उल्लेख छ ।
त्यस्तै साउन ६ गतेबाट गाउँ, नगर वडा अधिवेशन हुँदै प्रदेश, प्रतिनिधिसभा क्षेत्र, जिल्ला हुँदै भदौ १५ र १६ गते प्रदेश अधिवेशन गर्ने सभापति थापाको प्रस्ताव रहेको छ । उहाले एउटा विशिष्ट अवस्थामा विशेष महाधिवेशन भएको उल्लेख गर्दै पूर्वाग्रहको रुपमा नहेरि सबैलाई सहभागी गराएर महाधिवेशनमा केन्द्रीत हुने उल्लेख गर्नुभयो ।
त्यसैगरि सभापति थापाले प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर राजीनामा दिएको भन्दै राजीनामा दिने निर्णय कुनै हतार र हतासको नभएको जिकिर गर्नुभयो । आफूले निर्वाचन लगत्तै राजीनामा दिन चाहेपनि केही प्राविधिक कारणले आफू रोकिएको उहाको भनाइ छ ।
सभापति थापाले निर्वाचनमा टिकट नपाएका नेताहरुले पार्टीका उम्मेदवारहरुलाई असहयोग गरेको भन्दै असन्तोष जनाउनुभयो । उहाले निर्वाचनको परिणाम अनुसार सुविधाजनक ढंगबाट ५ वर्षको निम्ति सरकार सञ्चालन गर्ने म्यान्डेट प्राप्त भएको प्रति रास्वपालाई बधाई दिदै संविधानको मर्म र भावना र विद्रोहको मर्म अनुसार सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गर्ने शुभेच्छा समेत प्रकट गर्नुभयो ।
उहाले राम्रा काममा समर्थन र गलत काममा प्रश्न गर्ने रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । त्यस्तै सभापति थापाले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गर्न नहुने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका