
काठमाडौं । यातायात व्यवस्था बिभागले क्षमता भन्दा बढि ढुवानी सञ्चालन गर्ने सवारीसाधनलाई कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । केहि ढुवानी सञ्चालन गर्ने सवारीसाधनले भारवहन क्षमता अत्याधिक कायम गरि सञ्चालन गर्दै आएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमता भन्दा बढि ढुवानी सञ्चालन गर्ने सवारीसाधनलाई कारवाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराएपछि बिभागले मापदण्ड बिपरित सञ्चालन हुने सवारी साधनलाई कारवाही गर्न निर्देशन दिएको हो ।
भारवहन नियमन सम्बन्धी निर्देशिका बिपरित आफुखुसी भारवहन कायम गर्ने गरेको देखिएकाले निर्देशिका बिपरित भएका कारवाही तत्काल सच्चाउन समेत बिभागले निर्देशन दिएको छ । त्यस्तै बिभागले सोको अनुगमन समेत निरन्तर गर्न निर्देशन दिएको छ । यसअघि यातायात व्यवसायीहरुले मालबहाक सवारी साधन सिनो कम्पनीको ट्रकलाई भारवहन नियमन सम्बन्धी निर्देशिका बिपरित बढि क्षमता कायम गर्ने काम सरकारी निकायबाटै भएकाले गम्भीर ध्यानाकर्षण भएको भन्दै बिभागमा ज्ञापन पत्र बुझाएका थिए ।
आफुहरुको माग बमोजिम बिभागबाट आवश्यक निर्देशन जारी भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।










































