जोडिनुहोस
  • होमपेज
  • सरकारले सवै बिषयलाई राजनीतिकरण गर्न खाजेको छ–ज्ञानेन्द्र शाही

सरकारले सवै बिषयलाई राजनीतिकरण गर्न खाजेको छ–ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीको नदी किनारको भिरमा अड्किएका नागरिकको उद्दारको माग गर्नु राजनीतिकरण नभएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा नेता शाहीले नागरिकको उद्धारको माग गर्दा गृहमन्त्रीले यसलाई राजनीतिकरण गरियो भनी दिएको जवाफ आपत्तिजनक रहेको समेत बताउनुभयो । उहाले पानी बाँड्न गएको हुँ भन्ने पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर, लासको सिंढी चढेर राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिने भन्दै गृहमन्त्रीलाई जवाफ दिनुभयो ।
संसद् भवन र सांसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसद्को चुनाव लड्ने प्रवृत्ति राजनीतिकरण भएको उहाको भनाइ छ । उहाले आफैं सरकारमा बस्ने, आफैंका कार्यकर्ता लगाएर सञ्चार माध्यम र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने र त्यसको भिडियो बनाएर मिडियाबाजी गर्ने काम राजनीतिकरण भएको तर्क गर्नुभयो ।
उहाले देशको भौतिक संरचनामा आगो लगाउँदै, सिंहदरबार खरानी बनाएर नभइ जनताको सेवा गरेर राजनीतिमा आएको धारणा राख्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?