जोडिनुहोस
  • होमपेज
  • अपराधीक तत्वहरुले आफुमाथि बिभिन्न आरोप लगाउने गरेको केपी ओलीको तर्क

अपराधीक तत्वहरुले आफुमाथि बिभिन्न आरोप लगाउने गरेको केपी ओलीको तर्क

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधीक तत्वहरुले आफुमाथि बिभिन्न आरोप लगाउने गरेको बताउनुभएको छ ।
सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासंगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेनजीहरुको आन्दोलनमा अपराधीक तत्वहरु घुसेर बिध्वंस मच्चाएको र तिनै अपराधीक तत्वहरुले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताउनुभएको हो । तत्कालिन प्रधानमन्त्रीको हैसियतमा आफुले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहराउदै अध्यक्ष ओलीले

संसद भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधीक तत्वहरुले नै बनाएको धारणा राख्नुभयो । उहाले आफुले राजीनामा दिएपछि ५४ जनाको मृत्यु भएको उल्लेख गर्नुभयो । ओलीले मुलुकको बिकासका लागि एमालेले सवै भन्दा धेरै काम गरेको दावी गर्नुभयो ।

गोवर र गुँईठा बाल्नुपर्ने अवस्थाबाट बिकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहिले तोडमोड गरेको भन्दै उहाले आपत्ति जनाउनुभयो ।
उहाले नेपालमा ग्यास उन्खनन भइसकेको भन्दै अव त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट बितरण गर्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहनुभएका ओली पछिल्लो समय झापामा स्थानीयसंगको छलफलमा केन्द्रीत हुनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?