जोडिनुहोस

हालको खबर

  • होमपेज
  • प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।
दुईपक्षीय वार्ता पनि सोमबार नयाँ दिल्लीस्थति हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले नेपाली जनताको तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रण गर्नुभएको हो । साथै उहाले भारतीय जनतालाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो । पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले भारतलाई भरपर्दो र विश्वसनीय छिमेकीको रूपमा उल्लेख गर्दै भारत सरकार र जनताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र आधुनिकीकरण गर्ने लक्ष्यसहित प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको र बहुआयामिक द्विपक्षीय विषयमा स्पष्ट, ठोस र भविष्यमुखी छलफल भएको उहाले उल्लेख गर्नुभयो ।
उहाले बलियो सम्बन्धको जगमा उभिएर भविष्यका लागि ठोस आधार तयार गर्नुपर्ने आवश्यकता रहेको भन्दै जलवायु परिवर्तनका चुनौतीलाई सामूहिक रूपमा सामना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले दुवै देशको आर्थिक समृद्धिका लागि साझेदारी गर्न भारतीय लगानीकर्तालाई नेपालमा स्वागत गर्दै आगामी दिनमा नेपालमा स्थापित आईआईटीमा भारतीय विद्यार्थी अध्ययनका लागि आउने वातावरण बनाउने बताउनुभयो । उहाले दुवै देशका सहरबीच सीधा हवाई सम्पर्क विस्तार गर्ने उल्लेख गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका