जोडिनुहोस
  • होमपेज
  • नेपाली कम्युनिष्ट पार्टी(नेकपा)द्वारा चूनावी प्रतिवद्धता–पत्र सार्वजनिक

राजनीति

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)द्वारा चूनावी प्रतिवद्धता–पत्र सार्वजनिक

नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्ति र सुशासनमा जोड

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)द्वारा चूनावी प्रतिवद्धता–पत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचन केन्द्रीत पार्टीको प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै निर्वाचन केन्द्रीत प्रतिवद्धता–पत्र सार्वजनिक गर्नुभएको हो । प्रतिवद्धतापत्रमा नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्ति, सुशासन, पारदर्शिता र मितव्ययिता, शिक्षा र स्वास्थ्यको गुणस्तरीय पूर्वाधार, समृद्धिको आधार एवं उद्यमशीलता लगाएतका बिषयलाई प्राथमिकता दिइएको छ ।
त्यस्तै प्रतिबद्धता पत्रमा आयात–व्यापार तथा उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी, आत्मनिर्भर तथा समावेशी मोडलमा ‘सिफ्ट’ गर्ने विषयलाई जोड दिइएको नेकपा संयोजक प्रचण्डले जानकारी दिनुभयो ।
राजनीतिक स्थायित्व, सुशासन र परिणाममुखी प्रशासनका लागि नेकपाले विशेष पहल गर्ने उहाले बताउनुभयो । त्यस्तै प्रचण्डले राज्यसत्तामा सबै समुदायको प्रतिनिधित्व, पहुँच र पहिचान सुनिश्चित गर्दै समावेशी लोकतान्त्रिक संरचना निर्माणलाई जोड दिइएको उल्लेख गर्नुभयो ।

त्यस्तै नेकपाले असंलग्न परराष्ट्र नीतिलाई थप सुदृढ गर्दै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी जस्ता सीमा विवादहरू कूटनीतिक वार्ता र अन्तर्राष्ट्रिय कानुनका आधारमा समाधान गर्ने, सीमा व्यवस्थापन र नियमनलाई आधुनिक र प्रभावकारी बनाउने नेकपा संयोजक प्रचण्डले बताउनुभयो । विदेश पलायन भइरहेका युवा वैज्ञानिक, इन्जिनियर र प्राविधिकलाई स्वदेशमा रोक्न अनुसन्धान अनुदान, कर सहुलियत र सम्मानजनक पारिश्रमिकको व्यवस्था गरिने नेकपाको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका