जोडिनुहोस
  • होमपेज
  • निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीको सुनवाई साउन १२ र १३ गते

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीको सुनवाई साउन १२ र १३ गते

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरुको सुनुवाई यहि साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिस भएकाहरुको सुनुवाई साउन १२ गते र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनुवाई साउन १३ गते गर्ने निर्णय गरिएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा सभापति श्रेष्ठले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको जानकारी दिनुभयो ।

प्राप्त उजुरी र सुझाव समिति सदस्यहरुलाई उपलव्ध गराइने र अध्ययनपश्चात साउन १२ र १३ गते सुनुवाई हुने उहाले बताउनुभयो ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका