
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा। अनिल सुकलालबीच नेपाल(दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।
परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गर्नुभएको हो।
भेटका अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ(साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान भएको थियो।
उहाँहरू बीच नेपालमा हालै आएको विनाशकारी बाढीबाट उत्पन्न परिस्थितिबारे पनि छलफल भएको थियो।
जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा थप सशक्त रूपमा उठाउनुपर्ने आवश्यकतामा दुवै पक्षले जोड दिनुभएको थियो।
जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि गर्नुपर्नेमा समेत उहाँहरूले जोड दिनुभएको थियो।









































