जोडिनुहोस

हालको खबर

  • होमपेज
  • वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्न काठमाडौं महानगरले आकासे पुल निर्माण गर्ने

वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्न काठमाडौं महानगरले आकासे पुल निर्माण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने आकासे पुल निर्माण गर्ने भएको छ । रोल……..
अस्पतालको दुई भवनमा आवतजावत गर्न विरामीलाई समस्या भएपछि महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्न लागेको हो । पुल निर्माण कार्यको बिहीबार काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्याश गर्नुभयो ।
सो क्रममा डंगोलले अस्पतालको गेटबाहिरसम्म बिरामीको लाइन, व्यस्त क्षेत्र तथा सडक पार गराउँदा बिरामीले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
पुरानो अस्पताल र नयाँ अस्पताल भवनबिच सडक रहेकाले बिरामीलाई ट्रलीमा गुडाएर सडक पार गराउनुपर्दा गाडी, बाइक र स्कुटरको हतारका कारण कठिनाइ हुने गरेको उहाले बताउनुभयो । उहाले बिरामी र चिकित्सक दुवैको सुरक्षा तथा सहजताका लागि पुरानो र नयाँ अस्पताल भवन जोड्ने पुल समयमा नै निर्माण गरिने उल्लेख गर्नुभयो ।
४ करोड ७१ लाख रुपैयाँमा आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका