
रुपन्देही । रुपन्देहीको सालझण्डीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक तालिम अभ्यास ‘सूर्यकिरण’ सुरु भएको छ ।
नेपाली सैनिक ब्याटल स्कुलमा २०औं संस्करणको अभ्यास सुरु भएको हो ।
अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरूमा दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदान गर्ने नेपाली सेनाले जनाएको छ ।







































