जोडिनुहोस
  • होमपेज
  • लिग स्थगित हुँदा ठूलो आर्थिक लगानी जोखिममा पर्यो–संकटा एफसी

लिग स्थगित हुँदा ठूलो आर्थिक लगानी जोखिममा पर्यो–संकटा एफसी

काठमाडौं । संकटा फुटबल क्लवले विदेशी खेलाडीहरुको श्रम स्वीकृति सम्बन्धी बिषय समाधान गर्दै तत्काल स्थगीत भएका लिग सुरु गर्न राखेप र एन्फाको ध्यानाकर्षण गराएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ए डिभिजन क्लव संकटा एफसीले हाल उत्पन्न भएको विषम परिस्थितिका कारण सीमित स्रोत र साधनबाट गरेको ठूलो आर्थिक लगानी जोखिममा परेको भन्दै विदेशी खेलाडी अनुबन्धसम्बन्धी विषय तत्काल समाधान गर्दै लिग सुरु गर्न राखेप र एन्फाको ध्यानाकर्षण गराएको हो ।

क्लवले विदेशी खेलाडीहरुले श्रम स्वीकृति विना पर्यटक भिसामा खेलिरहेको बिषयलाई लिएर राष्ट्रिय लिग तथा महिला फुटवल लिग स्थगन भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतियोगिताको नियमावली अनुसार क्लवले विदेशी खेलाडीहरुलाई विधिवत् अनुवन्ध गरि खेलाइएको क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले बताउनुभयो ।

उहाले अहिले राखेप र एन्फाबीचको विवादको असर समग्र नेपाली फुटबल क्षेत्रमा देखिएको उल्लेख गर्नुभयो । अध्यक्ष तुलाधरले विदेशी खेलाडीको सहभागीता तथा श्रम स्वीकृति प्रक्रियालाई आधार मानी एन्फाबाट जारी गरिएको परिपत्र अनुसार आफ्ना विदेशी खेलाडीहरुको श्रम स्वीकृतिका लागि आवश्यक सम्पूर्ण कागजातहरु प्रतियोगिा सुरु हुनुभन्दा अघि नै एन्फामा पेश गरेको जानकारी दिनुभयो ।

अहिलेको विवाद जारी रहे भविष्यमा फुटबल क्षेत्रमा लगानी गर्न इच्छुक अन्य संघ–संस्थाहरूलाई समेत निरुत्साहित पार्ने सम्भावना रहेको उहाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका