
काठमाडौं । गीतकार तथा साहित्यकार डा. सुमाया राईद्वारा लिखित जिन्दगी फूल सम्झे फूलै हो नामक जीवनयात्रा सार्वजनिक गरिएको छ ।
सुमाया–हिमालय राई तथा परिवारको आयोजनामा शनिबार काठमाडौं भएको एक कार्यक्रमकाबीच राईको जीवनयात्र कृति लोकार्पण गरिएको हो । कार्यक्रममा स्रस्टा लगाएत सहभागीहरुले डा राईको व्यक्तित्व, संघर्ष लगाएतका बिषयलाई कृतिमा उत्कृष्ठ ढंगले प्रस्तुत गरिएको जनाएका छन् । त्यस्तै गीतकार तथा साहित्यकार डा. सुमाया राईले पुस्तकमा आफ्नो जीवनको अधिकांश पाटाहरुलाई समावेश गर्न खोजेपनि केहि बिषयहरु अझैपनि छुट्न गएको बताउनुभयो ।
उहाले जीवनयात्रा लेखनका क्रममा परिवार लगाएत सवै शुभेच्छुकहरुले प्रेरित गरेको उल्लेख गर्नुभयो ।








































