
काठमाडौं । नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनियत गरेको छ ।
शनिबार पार्टी कार्यालय च्यासलमा सम्पन्न स्थायी कमिटी बैठकले महिलातर्फ ६ जना , पुरुषतर्फ ६ जना र अन्य पार्टीबाट आएका १ जनालाई केन्द्रीय सदस्यमा मनोनियत गरेको हो । जसअनुसार सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पंगेनी, सीता अधिकारी, डा.पुष्पा केसी भण्डारी, तेजमान कन्दङवा, टंक आङ्वोहाङ, नविन रोक्का, मीनप्रसाद गुरुङ, डवल पाण्डे र तेजेन्द्र केसी तथा अन्य पार्टीबाट आउनुभएका धर्मनाथ प्रसाद साहलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । अन्य विभागहरू र मञ्च लगायत अन्य कार्यविभाजनको गृहकार्य भइसकेपछि बैठकको सुचना आउने र बैठकले आवश्यक निर्णय गर्ने उहाले बताउनुभयो ।
उहाले बैठकमा पार्टी अध्यक्ष र महासचिवबीच कुनै विवाद नभएको भन्दै सर्वसम्मत रुपमा नै मनोनित प्रक्रिया टुङ्ग्याइएको दावी गर्नुभयो ।








































