जोडिनुहोस
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३

हालको खबर

  • होमपेज
  • बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर , तीव्र हावाहुरीको सम्भावना छैन–बिभाग

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर , तीव्र हावाहुरीको सम्भावना छैन–बिभाग

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएकाले नेपालमा तीव्र हावाहुरीको सम्भावना नरहेको जनाएको छ ।
चक्रवात अर्नब अहिले कमजोर भई ’बलियो न्यून चापीय क्षेत्र’ को रूपमा रहेको बिभागले जनाएको छ । नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले चक्रवात अर्नबको प्रभावका रुपमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेपनि अर्णव शक्तिशाली हुँदा जस्तो डरलाग्दो हावाहुरी चल्ने अवस्था नदेखिएको बताउनुभयो । अरु क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा केही भारी वर्षा हुन सक्ने उहाको भनाइ छ । यसको प्रभाव मुख्यतया बिहीबार÷शुक्रबारदेखि शनिबारसम्म रहने अनुमान रहको उहाले जानकारी दिनुभयो । पोखरेलले बिहीबार बेलुकादेखि हिमपात सुरु हुने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

जोखिमपूर्ण, पहिरो गइरहने वा कच्ची सडक क्षेत्रमा विचार गरेर मात्र यात्रा गर्नुपर्ने भएपनि राम्रा राजमार्गहरूमा डराउनुपर्ने स्थिति नरहेको उहाको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका