जोडिनुहोस
  • होमपेज
  • निर्वाचनपछि बलियो सरकार बनाउछौं–रवि लामिछाने

निर्वाचनपछि बलियो सरकार बनाउछौं–रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताउनुभएको छ ।

सोमबार चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसंगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताउनुभएको हो । यसअघि सरकारमा रहदा जनताका समस्या समाधान गर्ने धेरै कोशिस गर्दा गर्दै पनि पुरा गर्न नसकिएको उहाले बताउनुभयो ।
उहाले सुकुम्वासीको समस्या आयोग बनाएर नै दिर्घकालीन रुपमा समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कालिका– ३ मा स्थानीयहरुले सुकुम्वासी समस्या समाधानका लागि पटक पटक आश्वासन पाएपनि समाधान हुन नसकेको भन्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका