जोडिनुहोस
  • होमपेज
  • भक्तपुरमा ट्रयाक्टर दुर्घटनामा मृत्यु हुने दुई जनाको पहिचान खुल्यो

भक्तपुरमा ट्रयाक्टर दुर्घटनामा मृत्यु हुने दुई जनाको पहिचान खुल्यो

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ मञ्जुश्री गुम्बा नजिक ट्रयाक्टर दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । भोजपुर नगरपालिका घरभई हाल काठमाडौं सिनामंगल बस्ने ३२ वर्षीय विजय राई र सिन्धुली घरभई हाल काठमाडौं सिनांगल बस्ने २६ वर्षीय हेमबहादुर नेपालीेको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ ढलान सकेर भक्तपुरतर्फ फर्किदै गरेको ट्रयाक्टर पल्टिदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका थिए ।
कलमसिस्थित एक होटलमा साँझ ढलान सकेर १२ जना ढलान मजदुर बोकेर फर्कदै गरेको ट्रयाक्टर ब्रेक फेल भई दुर्घटना हुँदा घाईते भएका मजदुरहरुको भक्तपुरको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका