जोडिनुहोस
  • होमपेज
  • कांग्रेस १५ औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान

कांग्रेस १५ औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। शुक्रबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ।

ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशको तर्फबाट पहिलो मत खसालेका छन्। मतदानका लागि मतदाताहरू बिहानैदेखि लाइनमा बसेका थिए। निर्वाचन समितिका अनुसार दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानमा ७ हजार ३ सय १७ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।

महाधिवेशन प्रतिनिधिहरूको सहजताका लागि पाँचवटा मतदान केन्द्र तोकिएका छन्। राष्ट्रिय सभा गृह ९मतदान केन्द्र ‘क’०स् बागमती प्रदेश,खुलामञ्च ९मतदान केन्द्र ‘ख’०स् कोशी प्रदेश तथा तराई(मधेस समूह, हिमाल हलस् गण्डकी प्रदेश,तराई(मधेस हलस्मधेस प्रदेश र पहाड हलस् लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिहरू मतदान गर्न गर्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका