जोडिनुहोस
  • होमपेज
  • कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

प्रतिनिधि सभानिर्वाचनको मनोनयन दर्ता भएपछि नेपाली कांग्रेस घोषणापत्र तयारीमा जुटेको छ।

घोणणा पत्र तयारीका लागि कांग्रेसले बुधबार काठमाण्डुमा उपलब्ध नेताहरुसँग छलफल गर्दैछ ।

प्रवक्ता देवराज चालिसेका अनुसार सभापति गगन थापाको समूहले घोषणापत्रको तयारीमा छ। घोषणापत्र तयारीबारे थप विमर्शका लागि काठमाण्डुमा उपलब्ध नेताहरुसँग बुधबार छलफल गरिने उनले बताए ।

यस्तै कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको छ।

निर्वाचन प्रचार प्रसारका रणनीति लगायत विषयमा पनि छलफल हुनेछ। १६५ वटै निर्वाचन क्षेत्रमा प्रभावकारी प्रचारप्रसार, कांग्रेसका नीति, योजना र कार्यक्रम जनतालाई बुझाउनेसहितका समग्र निर्वाचन अभियानबारे छलफल हुनेछ।

कांग्रेसको आधिकारिकता विवादमा तत्कालीन संस्थापन पक्षको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्व निर्वाचनकेन्द्रित अभियानमा जुटेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका