जोडिनुहोस
  • होमपेज
  • शासकीय स्वरूपका विषयमा दलसँग प्रारम्भिक छलफल गरेका छौँ : कानुनमन्त्री गौतम

शासकीय स्वरूपका विषयमा दलसँग प्रारम्भिक छलफल गरेका छौँ : कानुनमन्त्री गौतम

चितवन । कानूनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरुसंग पनि छलफल भएको बताउनुभएको छ ।

बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यता रहेको भन्दै प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताउनुभएको हो ।

रास्वपाले प्रदेश सभा खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ शासकीय स्वरूपसहित प्रस्ताव अघि सारेको थियो ।
गौतमले आफुहरुको प्रस्तावमाथि छलफल भएर कहाँसम्म गएर सहमति हुन्छ भन्ने कुरामा निर्भर हुने उल्लेख गर्नुभयो ।
त्यस्तै गौतमले तीन दिनका लागि निर्धारित पार्टीको महाधिवेशन लम्विएका कारण पदाधिकारीको निर्वाचनपछि बिहीबार नै सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो ।

रास्वपाको पहिलो महाधिवेशन भएको कारणले सबै कुरालाई सिकाइको रूपमा मात्रै लिएर अगाडि बढ्न खोजेको उहाको भनाइ छ । उहाले दोस्रो चरणको निर्वाचनमा आफुले पनि उम्मेदवारी दिने भन्दै उम्मेदवारी दिएपछि मात्रै आफुले पदको जानकारी दिने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका