जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री शाह अमेरिकाको न्यूयोर्क प्रस्थान

प्रधानमन्त्री शाह अमेरिकाको न्यूयोर्क प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री शाह मंगलबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नुहुनेछ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । उहाँको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत हुनुहुन्छ ।
प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका