जोडिनुहोस

हालको खबर

  • होमपेज
  • प्रधान सेनापतिद्वारा उपरथी अनुपजंग थापालाई दज्र्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा उपरथी अनुपजंग थापालाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाको रथी दर्जामा पदोन्‍नति हुनु भएका उपरथी अनुपजंग थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । मंसिर ०४ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार रथी दर्जामा पदोन्‍नति हुनु भएका उपरथी थापालाई प्रधान सेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबिच दज्र्यानी चिन्ह प्रदान गर्नु भएको हो । प्रधान सेनापतिले सोही अवसरमा उपरथी दर्जामा पदोन्‍नति हुनुभएका सहायक रथी मनोज थापा लगायत सहायक रथी दर्जामा पदोन्‍नती हुनुभएका प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र महासेनानी शितल बानियाँ तथा महासेनानी दर्जामा पदोन्‍नती हुनुभएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दज्र्यानी चिन्ह प्रदान गर्नु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?