जोडिनुहोस
  • होमपेज
  • रास्वपा महाधिवेशनः कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुने

रास्वपा महाधिवेशनः कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ ।
महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’बाट मतदान गर्ने व्यवस्था गरिँदैछ । असीवटा विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ । एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो । कुनै उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार हुन पाउने छैनन् ।
–––

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका