जोडिनुहोस

आर्थिक

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम छ । सोमबार ९जेठ ११० छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका